FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?

क्र.सं. लाभान्वित वर्ग भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था मासिक रकम रु. कैफियत

१.

ज्येष्ठ नागरिक

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–

७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई मासिक थप १०००।- उपचार खर्च प्राप्त गर्नेछन्।

२.

एकल महिला

विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको

विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

३.

विधवा

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

४.

पूर्ण अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

२०००।–

 

५.

अति अशक्त अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

६००।–

 

७.

बालबालिका

पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका:

देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

४००।–

 

नोट: यो विवरण "सामाजिक सुरक्षा कार्याविधि २०७५" बाट लिइएको हो।

यो सँग सम्बन्धित लिङ्क:

www.docr.gov.np ( केन्द्रीय पञ्जिकरण विभाग)
http://dwd.gov.np/np (महिला तथा बालबालिका विभाग)
www.nfdn.org.np (राष्ट्रिय अपाङ्ग महासंघ नेपाल)