गाउँपालिका परिचय
संक्षिप्त जानकारी :
स्थानीय तहको नाम : बर्जु गाउँपालिका
गाउँपालिकाको केन्द्र : बर्जु गाउँपालिका - ५, अमाहीव्ल्हा, सनुसरी
जम्मा वडा संख्या : ६
जम्मा जनसंख्या : ३६२४९, पुरुष (१८१६९), महिला (१८०८०)
जम्मा घर संख्या : ७,९२२
जम्मा क्षेत्रफल : ६९.४३ वर्ग किमि
समावेश गा.वि.स. : रामगंजव्दगछिया, अमडुवा, अमाहीवेल्हा, चिमडी
भौगोलिक अवस्थिति :
पूर्व : बिराटनगर महानगरपालिका, मोरङ्ग
पश्चिम : देवानगंज गाउँपालिका, सुनसरी
उत्तर : गढी गाउँपालिका र दुहवी नगरपालिका, सुनसरी
दक्षिण : भारत
गाउँ कार्यपालिकाको कार्यालय, अमाही वेलहाको भु-स्थान विवरण :-
उत्तरी अक्षांश: 26.45693211854407,
पूर्वी देशान्तर : 87.18985336693636
गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३०९४६५
द्वापर युगको महाभारतको कथासंगको सन्दर्भ जोडिएको एतिहासिक स्थल तथा पर्यटकीय, धार्मिक महत्व बाेकेकाे बर्जु तालको नामबाट यस गाउँपालिकाको नाम बर्जु गाउँपालिका रहन गएको हो । यस गाँउपालिकामा दन्तय कथा अनुसार पहाडबाट निस्केको एक दैता बाँध रहेको छ र त्यही नामको अधारमा एउटा गाँउ पनि दैता र एउटा पोखरी दैतापोखरी रहेको छ । ऎतिहसिक समतल भुभागको रुपमा रहेको नेपालको सबै भन्दा ठूलो १६० विगाहा क्षेत्रफलमा रहेको बर्जु ताल रहेको छ । स्थानीय बुढापाकाहरुको भनाई अनुसार बर्जु गाँउपालिकाको चिमडी बजार देखि २.५ किलोमिटर दक्षिणमा रहेको बिरजु थान र स्थानीय चिमडी बजार देखि १ किलोमिटर पश्चिममा रहेको बर्जु तालको नामाकरण बारे ऐतिहासिक किवदन्ती रहेको छ । बिरजु र बर्जु दुई दाजु भाई थिए । उनीहरुलाई एउटा दैवीशक्ति भएको र धामीझाक्री गर्थे । ती दुई दाजुभाईको ऐतिहासिक स्थानको रुपमा रहेको बिरजु थान र बर्जु ताल रहेको छ ।