FAQs Complain Problems

" कृषि, शिक्षा, स्वास्थ्य, उद्याेग, पर्यटन, पुर्वाधार: सुन्दर, समृद्ध बर्जुकाे अाधार "

निःशुल्क तालिमका लागि बेरोजगार युवाहरुले आशय व्यक्त गर्ने फारम वारे ।

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड) को संयुक्त पहलमा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” आयोजनाको सह-संभाग १.३ मर्यादित रोजगार अन्तर्गत १३३८० जना बेरोजगार युवाहरुलाई लक्षित गरि व्यवसायिक सिप विकास तालिमका लागि सुचना आह्वान गरिएको छ। आयोजनाको कार्यक्षेत्र भित्र पर्ने जिल्लाहरुमा: कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्ला, मधेश प्रदेशका सप्तरी, सिराहा, धनु‌षा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्ला साथै बागमती प्रदेशको सिन्धुली जिल्लामा बसोबास गर्दै आएका बेरोजगार र सिप लिएर रोजगारमा जान इच्छुक युवाहरुले तल राखिएको तलको लिङ्कमा गई आवेदन फारम भर्न सकिनेछ, साथै तालिम सम्बन्धि विस्तृत जानकारी आयोजनाको वेबसाइटमा राखिएको छ। फारम खुला रहने अवधि फाल्गुन २९, २०७९ देखि चैत्र १३, २०७९ सम्म रहेको जानकारी गराइन्छ । 

https://rerp.moics.gov.np/en/notices/VST-application-form

फारम भर्दा केही समस्या आएमा ९८०२७५५२८४ मा सम्पर्क गर्नुहोला।

आर्थिक वर्ष: